काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले भारतीय नागरिक प्रितमसिंहका बारेमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष एमालेले आक्रोस व्यक्त गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता दाहालले एउटा भारतीय नागरिकले भावनात्मक रुपमा प्रचण्डप्रति सदिच्छा राखेर बोलेको बिषयलाई लिएर संसद अवरुद्ध गरेर प्रधानमन्त्रीको राजिनामा माग्नु कुनैपनि हालतमा अर्थपूर्ण नरहेको बताए ।
पछिल्लो समयमा प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचाविरोधी अभियान चलाएका कारण एमाले आत्तिएको नेता दाहालले आरोप लगाए । उनले भ्रष्टाचारको फाइल खोल्दा एमालेका नेताहरु जेल जाने भएकाले एमालेले जसरी हुन्छ प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्न खोजेको दाहालको जिकिर रहेको छ ।
संसदीय व्यवस्थामा अंकगणितको मुख्य भूमिका हुने भएकाले अहिले संसदमा प्रचण्ड नेतृत्वको सरकारलाई बहुमत सांसदको समर्थन रहेकाले तत्काल प्रचण्डले कुनैपनि अर्थमा राजिनामा दिनु नपर्ने दाहालले बताए ।