काठमाठौ । आर्थिक बर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको बजेट लोकतन्त्रलाई समाप्त गर्ने उद्देश्यबाट आएको नेकपा एमालेका नेता केशव बडालले आरोप लगाएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दैं नेता बडालले लोकतन्त्रलाई संस्थागत गर्ने जिल्ला निर्वाचन कार्यालयलाई समेत संकुचित बनाउने उद्देश्यले ल्याउन खोजिएको बजेट कुनैपनि हालतमा उपयुक्त नभएको टिप्पणी गरे ।
उनले दलहरुसँग शर्तनामा गरेर बजेट पारित गराइएका कारण यसले मुलुकको आर्थिक समृद्धिमा कुनै सकारात्मक प्रभाव नपार्ने तर्क गरे ।
समाजवादी मोर्चा गठन भएसँगै एमाले र कांग्रेससहितको सरकार निर्माणको प्रक्रिया अगाडि बढिरहेको भन्ने बिषयमा कुनै आधिकारिक धारणा नबनेको बताउँदै नेता बडालले यो सरकार आन्तरिक रुपमै कमजोर भएको टिप्पणी गरे ।
प्रचण्डले सदनमा आफ्नो बचाउ गर्दै सुशासन र समृद्धिको रटान रटेपनि यो सरकारबाट जनताले अपेक्षा गरेअनुसारको प्रतिफल प्राप्त गर्न नसकेको बडालले टिप्पणी गरे ।