काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले प्रधानमन्त्रीको भारतीय सुरक्षा सल्लाहकारसँगको भेटमा नेपालका पराराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु किन राखिएन भनी प्रश्न गरे ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा प्रश्न राख्दै ढकालले इपिसीको प्रतिवेदनप्रति सम्मानीय प्रधानमन्त्रीको प्रतिशोपूर्ण व्यवहार देखिएको बताए । उनले त्रिभुवन विमानस्थलमा तैनाथ भारतीय सुरक्षाकर्मी फिर्ता गर्ने सन्दर्भमा किन कुरा प्रधानमन्त्रीले उठाउन नसकेकोमा गम्भीर आपत्ति जनाए ।
लुम्बिनी र कपिलबस्तुलाई समेटेर भारतीय संसदमा नक्सा प्रकाशित गरिसकपछि यो भ्रमणमा जान्न भन्न किन नसकेको भन्दै ढकालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नाकाबन्दी नहटिकन भारत जान्न भन्नुभएको बताउँदै तपाईले यो किन नसकेको भनी प्रश्न गरे ।