काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरी राष्ट्रपतिले संसद्को सम्मान र संविधानको संरक्षण गरेको जनाएको छ ।
कांग्रेसले एक विज्ञप्ति जारी गर्दै विधेयक संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण गर्नैपर्ने प्रावधान रहेको बताइएको छ । तर उक्त प्रावधान तत्कालीन राष्ट्रपतिले बेवास्ता गरेको कांग्रेसको टिप्पणी छ ।
विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा समेत गरेको कांग्रेसले जनाएको छ ।