काठमाडौ । नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य होम बुढाथोकीले भुटानी शरणार्थी प्रकरणमा दोषी जुनसुकै पदमा भएपनि कारबाही गर्नुपर्ने बताएका छन् । यदि कुनैपनि बाहनामा दोषीलाई उन्मूक्ति दिने काम भयो भने त्यसको ठूलो क्षति अहिलेका दलहरुले व्यहोर्नुपर्ने बुढाथोकीले बताए ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता बुढाथोकीले नेपाली जनता सचेत भएकाले दलका नेताहरुले गर्ने कुनैपनि खाले गलत कार्यलाई परास्त गर्ने जिकिर गरे ।
कम्युनिष्ट शक्तिहरु श्रमजिवीका पक्षमा वकालत गरेर नेपालको राजनीतिमा उदाएको बताउँदै नेता बुढाथोकीले नेपालका बामपन्थी दलहरु एकजुट हुनुपर्ने बताए । उनले अहिलेको परिस्थितिले पनि नेपालका बामपन्थी दलहरु एक ठाउँमा उभिनुको कुनै विकल्प नभएको बताए ।
लामो समयको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा दलहरु राजनीतिक स्वार्थमा केन्द्रित भएका कारण नागरिकहरुमा नैराश्य छाएको समेत बढाथोकीले बताए ।