काठमाडौं । पछिल्लो समयमा पूराना राजनीतिक दलहरु प्रति जनताको आक्रोस बढेका कारण नयाँ राजनीतिक शक्ति उदाएको विश्लेषक एवं पत्रकार सुदर्शन आचार्यले बताएका छन् । पूराना दलहरुले जनताका सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न नसकेका कारण जनता उदासिन भएको आचार्यले बताए ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै आचार्यले पूराना दलहरुको जनताका सामु गरेका वाचाहरु प्रति उनीहरुले विश्वास नगरेको समेत बताए ।
पछिल्लो निर्वाचन परिणामबाट पनि पूरानादलहरु नसच्चिने हो भने उनीहरुको समाप्ति निश्चित भएको विश्लेषक आचार्यले बताए । उनले पूराना राजनीतिक दलका नेतृत्वले नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने तर्क गरे । आचार्यले पूराना राजनीतिक दलहका नेतृत्वले आत्मसमीक्षा गरेर आफूलाई सच्याउने हो भने अझैपनि समय बाँकी नै रहेको समेत बताए ।
नयाँ उदय भएको राजनीतिक शक्तिले जनताको अपेक्षाअनुसार काम गर्न सकेमात्र उनीहरुले प्राप्त गरेको विरासत कायम रहने बताउँदै आचार्यले मुलुकमा नयाँ नेतृत्वप्रति आम अपेक्षा बढेको बताए ।