काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारलाई पूर्णता दिँदै छन् । मन्त्रीहरूको शपथग्रहण आज लागि तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनको बैठक हिजो पटक–पटक बसे पनि सहमतिमा ढिलाइ हुँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । सरकारलाई पूर्णता दिन हिजो बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो ।
तर प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार आजका लागि सारिएको सचिवालयले जनाएको छ ।
गठबन्धनको बैठक चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रममा सहभागी हुन गएका थिए । आज बिहान पुनः एक चरण गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले बताए ।
मन्त्री र मन्त्रालय चयनलाई अन्तिम रूप दिइसके पछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइने तयारी छ ।