काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी कार्यालय बीपीनगर सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीबाट सरकारमा सहभागी हुने नामको टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । यस अघि हिजो सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डाको संख्यामा सहमति जुटाएका थिए ।
आज बिहान पुनः बैठक बसेर मन्त्रालय भागबण्डाबारे टुंगो लगाएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत मन्त्रीको टुंगो लगाउन लागेको हो ।