काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मन्त्रिमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाउन कांग्रेसले समितिको बैठक बोलाएको हो । बैठक मंगलबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । कांग्रेसमा मन्त्रीका आकांक्षी बढी हुँदा मन्त्रीमा जानेको नाम टुंगो लगाउन सकस परेको छ ।