काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। आज सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ थियो। सुनको मूल्य घटे पनि आज चाँदीको भने बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।