काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई बढुवा गरेर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले केही दिनअघि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। बढुवा भएका मध्येबाट पहिलो वरीयतामा रहेका वसन्त कुँवर महानिरीक्षकमा नियुक्त भएका हुन् ।
यसअघि वरीयता मिचेर महानिरीक्षक नियुक्त हुने गरेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । यसपटक भने सरकारले वरीयताको पहिलो नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
अब कुँवरले एक वर्षसम्म प्रहरीको नेतृत्व गर्ने छन् । त्यसपछि उनको अवकाश उमेर हुनेछ।