काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। आजको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
आज प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले घोषणा गरे।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले संविधानबमोजिम दोस्रोपटक संसदबाट विश्वासको मत लिएका हुन्।
पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। नयाँ समीकरण बनेसँगै एमाले पनि सरकारबाट बाहिरएको छ।