काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिऐ ।
ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन् । ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए ।