काठमाडौं । चीन मामिला विज्ञ एवं नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र साहले विश्वमा आर्थिक संकट विद्यमान रहेका बेला पनि चीनले आर्थिक विकासलाई अगाडि बढाउन सकेको बताएका छन् ।
चीनमा जारी राष्ट्रिय जनकंग्रेसको राष्ट्रिय अधिवेशनका बारेमा क्यापिटल एफएमको नियमित कार्यक्रम सिधा कुरासँग विशेष कुराकानी गर्दै साहले चीनले सन्तुलित विकासको अवधारणालाई विस्तार गर्न चाहेको बताए । चीनले कोभिडले थलिएको विश्व अर्थतन्त्रका बाबजुद पनि सन्तुलित रुपमा विकास गरेको साहले बताए ।
चीनको विकास र आर्थिक अवस्था धेरै नै बलियो हुनुमा राजनीतिक स्थिरता र नेतृत्वको दृढ इच्छाशक्ति नै कारक भएको साहले बताए । उनले विश्वमा मुद्रा स्फ्रिती कायम रहेकै बेला चीनले भने आफ्नो आर्थिक सूचाकांकमा सुधार गरेको बताए ।
चीनको नेतृत्व जनताको जगमा केन्द्रित रहेको बताउँदै साहले चीनले मुलुकका हरेक गतिविधिहरु नागरिक लक्षित गरेर अगाडि बढ्ने गरेको बताए ।