काठमाडौं । नेपाली कांग्रेसले सरकारको स्थिरताका लागि मात्र प्रचण्ड सरकारलाई समर्थन गरेको कांग्रेसका युवा नेता सुसन बैद्यले बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौै महानगर समितिका सचिव समेत रहनुभएका नेता बैद्यले क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै कांग्रेसले सत्ता प्राप्तिका लागि मात्र पौष २६ गते प्रचण्ड सरकारलाई समर्थन नगरेको बताए । उनले बनिसकेको सरकारको स्थायित्वका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए ।
पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निर्णय अपरिपक्व भएको बताउँदै नेता बैद्यले राजनीतिक बिषयमा उक्त पार्टी कहिँ न कहिँ चुकेको बताए । उनले सरकारमा जानु र फर्किनुको औचित्य जनताका सामु पुष्टी गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका लागि राष्ट्रपति पद मुख्य नभएको बताउँदै लोकतन्त्र र संघीयताको कार्यान्वय नै कांग्रेसको अभीष्ट भएको बैद्यले बताए ।