काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा कहिलेपनि हस्तक्षेप नगर्ने चीन मामिलाका विज्ञ दिनेश खनालले बताएका छन् ।
पछिल्लो समयमा नेपालको आन्तरिक राजनीतिमा वैदेशिक प्रभाव बढिरहेका बेला चीनले नेपालको आन्तरिक मामिला हस्तक्षेप गर्ने नीति नै नरहेको खनालले बताए ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै खनालले चीनले कुनैपनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप पनि नगर्ने र आफ्नो मुलुकमा पनि कसैले हस्तक्षेप नगरोस् भन्ने चाहना राख्ने बताए ।
राष्ट्रपति निर्वाचनका बेला वैदेशिक शक्ति केन्द्रको चलखेल बढिरहेको बताउँदै खनालले नेपालको आन्तरिक मामिलामा कुनै पनि वैदेशिक हस्तक्षेप नेपालीको लागि सह्य हुनै नसक्ने बताए । उनले नेपाल सार्वभौम मुलुक भएकाले यहाँको आन्तरिक मामिलाको समाधान पनि यहाँकै दलहरुले गर्नुपर्ने बताए ।
खनालले छिमेकी मुलुक चीनले नेपालको पछिल्लो राजनीतिलाई नजिकबाट नियालिरहेता पनि प्रत्यक्ष रुपमा चीनले कहिलेपनि चासो र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने बताए ।