काठमाडौं । वर्तमान गठबन्धन राष्ट्रपति निर्वाचन पूर्व नै टुटेमा त्यसको नैतिक जिम्मेवारी नेकपा माओवादी केन्द्रले लिनुपर्ने पूर्व मन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताएका छन् । मुलुकमा राजनीतिक निकास दिनका लागि बनेको अहिलेको समिकरण कुनैपनि हालतमा टुट्न नहुने ढकालले बताए ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै ढकालले यदि राष्ट्रपति निर्वाचन पूर्व नै गठबन्धन टुटे त्यसबाट सबैभन्दा बढी क्षति नेकपा माओवादी केन्द्रलाई नै हुने बताए ।
राजनीतिमा सबैभन्दा ठूलो निष्ठा र इमान्दारिता हुने बताउँदै ढकालले राजनीतिक दलले जनताका सामु गरेका प्रतिबद्धतामालाई पूरा गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले अहिलेको अवस्थामा जनताबाट लोकप्रिय मत पाएको नेकपा एमालेलाई किनारामा धकेल्ने काम भयो भने जनताले आगामी निर्वाचनमा त्यसको हिसाब गर्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दूरदर्शी र राष्ट्रवादी नेता भएकाले उनले अगाडि सार्ने रणनीति मुलुकको हितमा हुने दाबी ढकालले दाबी गरे ।