काठमाडौ । कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले नेपाललाई सीत युद्धको अखडा बनाउने काम भरहेको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम फ्रन्टलाइनमा बोल्दै श्रेष्ठले पछिल्लो समयमा चीन र अमेरिकबीच बढ्दै गएको द्वन्द्वका कारण पनि नेपालमा वैदेशिक भ्रमण बढ्न थालेको बताए । उनले अहिलेको परिस्थितिमा नेपाल अझै बढी चनाखो हुनुपर्ने बताउनुभयो ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणबाट खासै उत्साही हुनु नपर्ने बताउँदै श्रेष्ठले नेपाल र भारतबीचको विवादलाई भ्रमणले समाधान भन्दा पनि पछाडि सार्ने काम गरेको बताए । विगतदेखि नै भारतीय पक्षले विवादलाई समाधान भन्दापनि लम्बाउने काम मात्र भएको बताउँदै यसबाट नेपाल पक्ष खुशी हुनु नपर्ने श्रेष्ठले बताए ।
पछिल्लो समयमा चीनविरोधी गतिविधि गर्न सजिलो हुने भएकाले पनि नेपालमा पश्चिमा मुलुकहरुको सक्रियता बढिरहेको कुटनीतिज्ञ श्रेष्ठले बताए ।