काठमाडौं। बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो।
सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।कार्यदलले आज मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्नेछ। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।
आज दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए ।
थपलियाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताए । गत पुस २६ गते जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यस दिन उनले ३ जना मन्त्री बनाएका थिए ।