काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकतावद्ध भएर अघि बढन आग्रह गरेका छन् । राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्नेे बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गरे ।
वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दवदवाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । उनले वर्तमान संविधानमाथि देश भित्र र बाहिरबाट समेत प्रहार भईरहेको बताए ।
पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाई गर्न नहुने पनि जोड दिए ।