काठमाडौं । नेपालमा सिद्धान्तको राजनीति अझैपनि सम्भव नभएको धार्मिक अभियन्ता एवं राप्रपा नेता पुष्पराज पुरुषले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै पुरुषले पछिल्लो निर्वाचनमा राप्रपाले समानुपातिकमा ६ लाख मत पाउनु भनेको लाजमर्दाे कुरा भएको बताए । उनले सिद्धान्तको राजनीतिमा नेपाली जनताको विश्वास नभएको तर्क गर्दै सत्ता केन्द्रित राजनीति गर्नुको कुनै विकल्प नभएको बताए ।
अहिलेको निर्वाचन प्रणालीमा अल्पमतले बहुमतलाई शासन गर्ने भएकाले यो लोकतन्त्र नै नभएको नेता पुरुषले दाबी गरे ।
उनले अहिले जुन निर्वाचन प्रणालीबाट प्रतिनिधि छनौट हुन्छन्, त्यो कुनैपनि हालतमा व्यवहारिक नभएको तर्क गरे । अहिलेको व्यवस्था लोकतन्त्र नभई दलतन्त्र भएको नेता पुरुषले टिप्पणी गरे ।