काठमाडौं । सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन परिणामप्रति सन्तोष व्यक्त गरेको छ। गत असार २७ देखि सुरु केन्द्रीय कार्यसमितिको सोमबार सकिएको बैठकले आगामी निर्वाचनमा बहुमतको लक्ष्य राखेको छ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग थप संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछु, निर्णयमा भनिएको छ।
गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वय, आर्थिक समाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्युनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर पनि गरिएको छ।
ुतालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछु, निर्णयमा भनिएको छ।