काठमाडौं । रुसी फौजले लिम्यानको केन्द्र कब्जा गरेर नजिकको रणनीतिक सहर सेभेरोदोनेत्स्कमाथि घेरा हालेको छ । शुक्रबार युद्धका दुई प्रमुख मोर्चामा रुसको प्रगतिले युद्धको दिशा बदलिँदै गएको संकेत गर्छ ।
युक्रेनी अधिकारीले पनि पूर्वी क्षेत्रको युद्धलाई गम्भिर बताउँदै पश्चिमी मुलुकसँग थप उन्नत हतियारको माग गर्न थालेका छन् । युक्रेनका विदेशमन्त्रीले थप हतियार माग गर्दै नयाँ विदेशी हतियारको आपूर्तिबिना युक्रेनी फौजले पूर्वतर्फको रुसी प्रगति रोक्न नसक्ने चेतावनी दिए ।
शुक्रबारको युद्ध दुई प्रमुख शहरहरु स् सेभेरोदोनेत्स्क र नजिकको लीसिचान्स्कमा केन्द्रीत भयो । ती दुई क्षेत्र लुहान्स्कभित्र युक्रेनी नियन्त्रणमा रहेका अन्तिम भू–भाग हुन् ।
उता शुक्रबार नै रुसी समर्थित विद्रोहीले दोनेत्स्कको लिम्यान सहर नियन्त्रणमा लिएका छन् । युक्रेनी नियन्त्रणमा रहेको दुई प्रमुख सहरको उत्तर रहेको लिम्यान पूर्वी युक्रेनको प्रमुख रेल हब हो ।
लि म्यानमाथिको आक्रमण निक्कै व्यवस्थित रहेबाट मस्कोको सेनाले उसको युद्ध रणनीति बदलिएको बताइन थालेको छ । गत मार्च महिनामा राजधानी कब्जा गर्न नसकेपछि र यो महिनाको सुरुमा दोस्रो ठूलो सहर खार्किभको बाहिरि क्षेत्रबाट पछि हट्नु परेयता रुसी फौजले युद्ध मोर्चामा बलियो प्रगति गर्न थालेको छ ।
रुसी फौजले युक्रेनी भू–भागमाथिको नियन्त्रण पनि बढाएको छ ।