काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने पालिका चुनावको महान् अभियानमा सहभागी भइ मतदान गर्न आह्वान गरेका छन् ।
मौन अवधि सुरु हुन केही घण्टा बाँकी रहँदा एक अपिल जारी गरेर देउवाले पालिका सङ्घीय शासन प्रणालीको आधारस्तम्भ र चुनाव लोकतन्त्रको बलियो आधार भएको बताएका छन् ।
अपिलमा सभापति देउवाले अरू कुरा गर्छन्, हामी काम गर्छाैँ भन्दै भोट मागेका छन् ।
हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा स्थानीय सरकार भएको भन्दै उनले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गरे ।