काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिएका छन् । सोमवार आज कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘स्थानीय सरकार पनि जित्न जरुरी छ । बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भने, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’
सम्बोधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने पनि दाबी गरे ।