काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका ६सय, २३ उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार गठबन्धनमा तालमेल मिलाउने क्रममा पार्टीका ६२३ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेदवारी परेको उनको भनाइ छ ।
उनका अनुसार प्रमुख पदमा ३, अध्यक्षमा १०, उपप्रमुखमा १७, वडाध्यक्षमा ८९, महिला सदस्यमा ९९, दलित महिला सदस्यमा ११२ र सदस्य पदमा २७४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
