काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन्।
प्रधानमन्त्री देउवा भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गरेकाले कांग्रेसको विधानअनुसार स्वदेश नफर्कुन्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली प्रस्थान गरेका हुन्।