काठमाडौं । रूस र युक्रेनबीच यसै साता टर्कीमा वार्ता हुने भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा वार्ताको तयारी भइरहेको छ ।
गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा वार्ता भएका थिए ।
ती वार्ताहरू कुनै सहमतिमा पुग्न नसकेपछि पछिल्लो समय अधिकारीहरूले भर्चुअल संवाद गर्दै आएका थिए ।इस्तानबुलमा दुबै पक्षका वार्ता टोली सदस्यहरूले भेटेर कुरा गर्ने बताइएको छ ।
टर्की सरकारले वार्ता सबै तयारी भइसकेको बताएको छ । वार्ता आज (सोमबार) देखि नै सुरू हुने र बुधबारसम्म हुने युक्रेनी वार्ताकारले बताएका छन् ।