काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) पनि जारी रहने भएको छ ।
पार्टी कार्यालय सानेपामा जारी बैठक सोमबार पुनः बस्ने गरी आजका लागि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने तय भएको छ । आजको बैठकमा ५० बढी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।
बैठकमा चुनावी गठबन्धन बनाउने वा पार्टी एक्लै अघि बढ्ने भन्नेमा बहस भएको छ । यसबारे नेताहरुको मिश्रित धारणा आएको छ ।
अधिकांश नेताहरुले आवश्यकताका आधारमा गठबन्धन बनाइनुपर्ने धारणा राखेका छन् ।