काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले गठबन्धनकसैले भत्काउन खोज्दैमा नभत्किने र सधैंभरी गठबन्धन रहि पनि नरहने बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै उनले गठबन्धन भत्काउनका लागि धेरै ठाउँबाट प्रयत्न भएको पनि बताएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी संसदबाट पारित गर्न दबाब रहेको भएपनि एमसीसी राष्ट्रिय सहमतिबाट मात्रै पारित हुने बताएका छन् । जनतालाई गुमराहमा राखेर एमसीसी पारित गर्न नमिल्ने बताए ।
साथै उनले एमसीसीकै कारणले गठबन्धन नटुट्ने पनि बताएका छन् । एमसीसीबारे छलफल गर्न गठित कार्यदल अहिले छलफलकै क्रममा रहेको हुँदा प्रतिवेदन बुझाइ सकेपछि मात्रै पास गर्ने वा नगर्ने भन्ने कुराको टुंगो लाग्ने नेता शर्माले बताए ।