काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे माओवादीले आन्तरिक छलफल गरेको छ । शुक्रबार (आज) पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिए ।
पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको मल्लको भनाइ छ ।