काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं १ ले बुधबार डुम्रेमा आयोजना गरेको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताउदै यस्तो बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर एकजुट भएर प्रतिपक्षसँग लड्नुको विकल्प नभएको बताए । आफूले कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गरे ।
जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धतासमेत वरिष्ठ नेता पौडेलले व्यक्त गरे ।