विराटनगर। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले गुट बिर्सिएर तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएकी छन् ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनको प्रक्रियामा पार्टी नेतृत्वका लागि भएको स्पर्धामा बिजेता र उपविजेताहरु एकजुट भएर निर्वाचनमा केन्द्रित हुनुपर्ने बताइन् ।
उनले पार्टीको महाधिवेशन सकिसकेकाले गुट–उपगुट बिर्सेर तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताइन् । तीनै तहको निर्वाचन नजिकै आइपुगेकोले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन कांग्रेसको नेतृत्व जरुरी रहेको उनको भनाइ छ ।