काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा युवा नेता रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
युवा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् । खतिवडा १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।