काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले श्रमको सम्मान र मर्यादा कायम हुनुपर्ने बताउनुभएको छ ।
मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता नेपालले आफ्नो अधिकारका लागि एकतावद्ध संघर्षमार्फत विजय हासिल गरेको यस दिनको स्मरणले श्रमिक वर्गलाई अधिकार स्थापित गर्न संघर्षका लागि प्रेरित गर्ने बताउनुभएको छ ।
उहाँले मजदूरको न्यूनतम पारिश्रमिक, समाजिक सुरक्षा तथा श्रम कानूनमा गरिएका व्यवस्थाको कार्यान्वय जस्ता मागप्रति गम्भिर बन्न र कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन नेता नेपालको आग्रह छ । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ ।