सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै‚ सोही बैठकले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिको सदस्यहरुमा भेषराज आचार्य, डा. सुस्मिता ढकाल‚ बाबुकृष्ण कार्की र शशी शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।