काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले छठ पर्वले सत्य र अहिंसाप्रति मानवको रुची बढाउने बताएका छन् ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै ढकालले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना पनि व्यक्त गरेका छन् ।
उनले छठ पर्वले सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उद्धेश्य रहेको बताउँदै पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास रहेको समेत बताएका छन् ।
आफ्नो शुभकामना सन्देशमा उनले भनेका छन्, ‘छठ पर्वले नेपालीबीच स्नेह, प्रेम तथा सामाजिक सदभाव अभिप्रेरित हुनुका साथै सम्पूर्ण नेपालीको एकता बलियो होस् भन्ने पनि कामना गर्दछौ ।’