काठमाडौं । हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ ।
अहिले चलिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै छन्।
नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै विपक्षी दलहरु एमाले, रास्वपा र राप्रपाले बैठक चल्न नदिएपछि हिजोको बैठक स्थगित भएको थियो । नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरूको अडान छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकबारे सर्वोच्च अदालतले हिजो मात्रै कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ ।