काठमाडौं । क्यापिटलकर्मी सुरेन भण्डारीको ‘रतन चणी ईजु’ बोलको गीत सार्वजनिक भएको छ ।
भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीतमा भण्डारी र गायिका लक्ष्मी आचार्यको स्वर रहेको छ । शुक्रबार सार्वजनिक भएको गीतको म्यूजिक भिडियो मिस पबि र उमाकान्त आचार्यले अभिनय गरेका छन् ।
सुदुरपश्चिमका देउडा भाकाबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएका भण्डारीले निरन्तर सोही भूगोलको भाषा र संस्कृति झल्काउने सांगितिक कोसेली पस्कदै आएका छन् ।
भण्डारीका यसअघि ओई सुवा,झुम्केली बजु लगायतका गीत सार्वजनिक भइसकेका छन् ।