जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि सामान्यतया मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको केहीदिन मौसम यस्तै रहने अनुमान छ । तीन दिनको मौसम पूर्वानुमान अनुसार तत्काल पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।