काठमाडौं । चीनमा राष्ट्रपति सि चीन फिङ नेतृत्वमा आएपछि चीनको समृद्धिमा उच्च विकास भएको चीन मामिलाका विज्ञ दिनेश खनालले बताएका छन् ।
भर्खरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १४ औं राष्ट्रिय जनकांग्रेसको अधिवेशनका महत्वका बारेमा क्यापिटल मिडिया ग्रुपसँग कुराकानी गर्दै खनालले सि चिन फिङ नेतृत्वमा आएपछि चीनमा आर्थिक बृद्धिका साथै गरिबी उन्मूलन समेत भएको बताए ।
चीनमा परिणाममुखी नेतृत्वका रुपमा सि चिनफिङ स्थापित हुनुभएको खनालले बताए ।
चीनले छिटो गतिमा समृद्धि हासिल गर्न सक्नुमा त्यहाँको राजनीतिक व्यवस्थामा भएको स्थिरता नै प्रमुख कारक भएको खनालले बताए । उनले राजनीतिक रुपमा स्थिरता नभएसम्म कुनैपनि विकास हुन नसक्ने बताए ।
खनालले चीनले गरेको विकास र समृद्धिमा चीनका नेतृत्व र जनताको पनि उत्तिकै भूमिका रहेको बताए ।