काठमाडौं । नेपालमा सञ्चालित बैंक, वित्तिय संस्था र सहकारी संस्था एकै नभएको सहकारी अभियन्ता उद्धव चौलागाईंले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै चौलागाईंले अहिले बैंक, वित्तिय संस्था र सहकारीलाई एउटै भनी बुझ्दा त्यसले समस्या निम्त्याएको बताए । उनले बैंक तथावित्तिय संस्थाको प्रकृति र सहकारी संस्थाको प्रकृतिमा भिन्नता भएको बताए ।
नेपालमा अहिलेसम्म पनि सहकारी शिक्षाको अपेक्षा गरिएअनुसार विस्तार गर्न नसकिएको बताउँदै चौलागाईंले सहकारी संस्था सञ्चालन गर्नेहरु स्वयंमा पनि सहकारी शिक्षाको अभाव रहेको बताए । उनले शिक्षित युवा पुस्तालाई समेत सहकारीको महत्वका बारेमा शिक्षा दिन नसकिएका कारण उनीहरुको सहकारी संस्था प्रति आकर्षण बढ्न नसकेको बताए ।
चौलागाईंले सहकारी संस्था सेवामूलक तथा नाफामूलक दुवै भएकाले यसले आफ्ना सदस्यहरुका हकहितमा बढी केन्द्रित हुने बताए ।