काठमाडौं । भारतका प्रसिद्ध कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो ।
गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ ।
उनको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष थिए। सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उनी चर्चामा आएका थिए । उनले हिन्दी चलचित्रमा समेत अभिनय गरेका छन् ।