काठमाडौं । सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ। त्यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरीका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको छ।
खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए। जसका कारण त्यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको छ।
सोमालियाको यो अवस्थाका बारेमा सोमालियाली सरकार र राष्ट्रसंघीय अधिकारीहरूले शनिबार जानकारी गराएका हुन्। उनीहरूले अहिलेकै अवस्था रही आएमा चरम खाद्यान्न अभाव र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरूले जनाएका छन्।
सोमालियामा खाद्यान्न लगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्वारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ।