काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण कसैको पनि ज्यान गएको छैन ।
अहिले नेपालमा दुई हजार चार सय ५३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९७ हजार तीन सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।