काठमाण्डौ । नेपाल सरकारले कसैको दबाबमा परेर अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेतापनि चीनसँगको पुरानो सम्बन्धलाई कुनै प्रभाव नपर्ने बामपन्थी नेता एवं विश्लेषक लोककृष्ण भट्टराईले बताएका छन् ।
क्यापिटल एफएमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै भट्टराईले बेल्ट एण्ड रोड इनिसियटिप्स (विआरआई) मार्फत सिगात्सेदेखि काठमाडौंसम्मको रेल ल्याउन नेपालले चीनसँग प्रस्ताव गर्नुपर्ने बताए
एससीसी पास गराउने वर्तमान सत्ता गठबन्धनका नेतृत्व लगायत अमेरिकासँग ५६ अरब रुपैँयाको लालसामा फँसेको आरोप लगाउँदै भट्टराईले चीनसँग सहयोग मागेको भए १ खरबको सहयोग गर्न समेत चीन तत्पर रहेको बताए ।
चीनमा अहिलेपनि डेनमार्क, फिनल्याण्ड र जर्मनीबाट बंगुरको मासु निर्यात भइरहेको अवस्थामा अत्याधुनिक प्रविधिबाट नेपालमा बंगुर पालन गरी चीनमा निर्यात गर्ने हो भने नेपालीहरु वैदेशिक रोजगारीको निम्ति विदेश जानै नपर्ने भट्टराईले बताए । ।