काठमाडौं । पूर्व राजदूत एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चीनले नेपालाई बेल्ट एण्ड रोड इनिसियटिप्स (विआरआई) मा लगेर ल्याण्डलक्टबाट ल्याण्डलिङ्क कन्ट्री बनाएको बताएका छन् ।
क्यापिटल एफएमको नियमित कार्यक्रम सिधा कुरामा बोल्दै कुटनीतिज्ञ श्रेष्ठले नेपालले चीनको समृद्धिको लाभ अपेक्षाकृत रुपमा लिन नसकेको बताए । उनले नेपाल चीन र दक्षिण एसिया जोड्ने महत्वपूर्ण करिडोर भएकाले पनि चीनले नेपालको समृद्धिमा विशेष योगदान दिएको बताए ।
चीनमा जारी तेह्रौ चिनियाँ राष्ट्रिय जनरानीतिक परामर्शदात्री सम्मेलनको पाँचौ पूर्ण बैठकका बारेमा बोल्दै श्रेष्ठले सन् २०१३ मा सि चिन फिङ नेतृत्वमा आएपछि अमेरिकालाई उछिन्नको निम्ति चीनले शान्तिको वातावरणसहित अगाडि बढिरहेको बताए । सि चिन फिङ नेतृत्वमा आएपछि चीनले अन्तरिक्ष र प्रविधिमा समेत उल्लेखनीय प्रगति गरेको श्रेष्ठले बताए ।
सन् १९९० मा सोभियत संघको विघटनपछि विश्व राजनीतिमा अमेरिकाको एकल हैकम चल्दै आएकोमा अहिले विश्व बहुधुब्रिय नेतृत्वमा आउनुमा चीनको महत्वपूर्ण भूमिका रहेको श्रेष्ठले बताए ।