काठमाडौं । अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । प्रि–क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा केही घाइते भएका छन् ।
क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्न मैदान प्रवेशका क्रममा घटना भएको हो । घटनाकै बीच गएराति भएको खेलमा क्यामरुनले कोमोरोसलाई हराएको छ ।
१० खेलाडीमा सीमित कोमोरोसलाई क्यामरुनले २–१ गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।