काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभाश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्त सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
हाल ४१ करोड १९ लाख ४४ हजार ४ सय रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी बोनस सेयर वितरणपछि ४९ लाख ४३ हजार ३३ हजार २८० रुपैयाँ पुग्नेछ ।