काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने बताएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल एमालेले भने यसमा अवरोध गर्ने बताएको हो । नेकपा एमालेका नेता शेरबहादुर तामाङले क्यापिटल एफ.एम.सँग कुराकानी गर्दै एमसीसी जस्ताको तस्तै पास हुन नसक्ने बताए । तमाङले सरकारले हतारमा राजनीतिक परिस्थितिलाई धुमिल बनाउनको लागि जस्ताको तस्तै ल्याउन लागेकोले पास गर्न लागेकोले आफूहरुले ससंद अवरोध गर्ने बताए ।
विगतमा आफूहरुले एमसीसी संसदमा ल्याउन खोज्दा सभामुखले ल्याउन नदिएको बताउँदै तामाङले संशोधन सहित एमसीसी संसदमा पेश भए यसमा एमालेले सघाउने धारणा राखे ।